काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानैदेखि सुरू भएको प्रदर्शन जारी रहेको छ ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्।
र, नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनहरूले पनि घिसिङलाइ हटाएकोमा विरोध गरिरहेका छन् । माओवादी जनसंगठनले दिउँसो ३ बजेपछि प्रदर्शन गर्ने जनाएका छन् ।
बिहान भएको प्रदर्शनका क्रममा उर्जामन्त्री दिपक खड्काको पुत्लादहन समेत गरिएको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरेर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो, जसको अहिले सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतले विरोध गरिसकेका छन् ।
प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले घिसिङलाई हटाएकोमा आपत्ति जनाएका थिए ।
प्रतिक्रिया