१५ चैत्र २०८१, शुक्रबार | March 28, 2025

चैत १५ गते काठमाडौंमा राजावादीले पनि प्रदर्शन गर्ने



काठमाडौं। समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ । सरकारको जनविरोधी काम राजावादीको सक्रियता विरुद्ध मोर्चाले प्रदर्शनको घोषणा गरेकै दिन राजावादीहरुले पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।

नवराज सुवेदी तथा दुर्गा प्रसाई समुहको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ मार्फत चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको हो ।

सुवेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वानसमेत गरेको छ ।

संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन् ।

उनले राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनसमेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सुवेदी समुहले गरिने प्रदर्शनमा कमल थापा नेतृत्वको राप्रपाको समर्थन रहने भए पनि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा भने अझै मौन रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ३८ बजे

हिंसात्मक गतिविधि बन्द गर्न आयोगको आग्रह, राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन हिंसात्मक

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द

अवरुद्ध त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलको उडान सञ्चालन

काठमाडौँ । आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तराराष्ट्रिय

राजावादीहरुले लगाएको आगजनीमा परि पत्रकार सुरेश रजकको मृत्यु

काठमाडौं । राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु

कोटेश्वरको भाटभटेनीमा लुटपाट, जडिबुटी कम्पनीको कार्यालयमा आगजनी

काठमाडौं । पूर्वराजाको समर्थनमा उत्रिएका राजावादीहरुको प्रदर्शन अराजक र हिंसात्मक

चैत्र १८ गते प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । कुलमान घिसिङको बर्खास्ती प्रकरणमा संसदमा आफुले जवाफ नदिने