१६ चैत्र २०८१, शनिबार | March 29, 2025

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रदर्शन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट जनसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पस अगाडिबाट विरोध प्रदर्शन सुरु गरेका हुन् ।

प्रदर्शनको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजीसमेत गरेका छन् । घिसिङलाई हटाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन् । सत्तारूढ दलभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । यसको अहिले चौतर्फी रुपमा विरोध भइरहेको छ । घिसिङलाई हटाइएको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी तथा अन्य संगठनहरुले पनि विरोधको तयारी गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १० : ४२ बजे

सीसीए कलेजद्वारा स्नातक विद्यार्थीहरुरूका लागि दीक्षान्त समारोह आयोजना

काठमाडौं । सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए) ले पहिलोपटक दीक्षान्त

राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने कार्य

पत्रकार महासंघको ७० औँ स्थापना दिवस, देशभर विरोधसभा गरी मनाउँदै

बुटवल । नेपाल पत्रकार महासंघको आज ७० औँ स्थापना दिवस

समाजवादी मोर्चाका नेताहरूद्वारा एकीकृत समाजवादीको पार्टी कार्यालय निरीक्षण

काठमाडौं । समाजवादी मोर्चाका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय

बाँसमा भविष्य खोजिरहेका शिल्पी

काठमाडौ । ललितपुरको गोदावरी नगरपालिका वडा नं ४ बडिखेलको कभर्ड