१४ चैत्र २०८१, बिहिबार | March 27, 2025

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात



वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा रु २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, रु चार अर्ब ८८ करोड बराबरको जुस र रु तीन अर्ब ६८ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : १० बजे

सङ्घीय संसद्को दुवै सदनका बैठक आज पनि

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान

प्रधानमन्त्रीले दिए प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ

नेपाल-बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई

किसान आयोगप्रति किसानको गुनासो

चितवन । किसानका समस्या समाधानका लागि बनेको किसान आयोग समस्या

छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

तनहुँ । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल