१६ चैत्र २०८१, शनिबार | March 29, 2025

बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ



काठमाडौं । बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ।

हवाई(टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा अजिरकोट गाउँपालिका-३ घर भई ताकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले गौशाला-बत्तीसपुतली क्षेत्रबाट बुद्ध एयरको सफ्टवेयर ह्याक गरेका थिए।

पन्ध्र दिनअगाडिबाट उनीहरूले बुद्ध एयरको सफ्टवेयर ह्याक गरेको प्रहरीलाई बताएका छन्। ‘अहिलेसम्म २० जनाको टिकट बिक्री गरी उक्त रकम आफूले लाभ लिएको खुल्न आएको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

आफ्नो सफ्टवेयर ह्याक भएर टिकट धमाधम बिक्री भइरहेको थाहा पाएपछि बुद्ध एयरले उजुरी दिएको थियो।

पक्राउ परेका दुबैलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : १९ बजे

सीसीए कलेजद्वारा स्नातक विद्यार्थीहरुरूका लागि दीक्षान्त समारोह आयोजना

काठमाडौं । सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए) ले पहिलोपटक दीक्षान्त

राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने कार्य

पत्रकार महासंघको ७० औँ स्थापना दिवस, देशभर विरोधसभा गरी मनाउँदै

बुटवल । नेपाल पत्रकार महासंघको आज ७० औँ स्थापना दिवस

समाजवादी मोर्चाका नेताहरूद्वारा एकीकृत समाजवादीको पार्टी कार्यालय निरीक्षण

काठमाडौं । समाजवादी मोर्चाका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय

बाँसमा भविष्य खोजिरहेका शिल्पी

काठमाडौ । ललितपुरको गोदावरी नगरपालिका वडा नं ४ बडिखेलको कभर्ड