बुटवल । रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा संकटा एफसी अन्तिम चारमा स्थान बनाएको छ। सोमबार भएको खेलमा जर्जियन एफसी भारतलाई ४-० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा स्थान बनाएको हो ।
देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको रोमान्चक खेलको संकटाको जितमा सृजनराज गौतम नायक रहे ।
उनले खेलको ४० मिनेटमा गोल गरे । डि बक्स नजिक निर्मल घिसिङको पासमा सृजनराज गौतमले जर्जियनका किपर विबेक राईलाई बिट गर्दै सेकेन्ड बारबाट जाली चुमाए ।
पहिलो हाफ १ गोलको अग्रता लिएको संकटा दोस्रो हाफमा थप ३ गोल थप्न सफल भयो। खेलको ८६ औं मिनेटमा सृजनराज गौतमले गोल थपे । वन भर्सेज वनमा गौतमले जर्जियनका किपर विबेक राईलाई बिट गर्दै ब्यक्तिगत दोस्रो गोल गरे । खेलको ईन्जुरी समयमा गौतमले थप दुई गोल गर्दै आफ्नो ह्यट्रिक पुरा गरे । मंगलबार मच्छिन्द्र एफसी र भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लबका बिचमा अन्तिम क्वाटरफाईनल खेल हुनेछ।
प्रतिक्रिया