१३ चैत्र २०८१, बुधबार | March 26, 2025

सत्य निरुपण र वेपत्ता छानविन आयोग पदाधिकारीमा पुन: सिफारिस समिति बनाउन शीर्ष नेता सहमत



काठमाडौं । संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न प्रमुख दलका तीन शीर्ष नेताहरू सहमत भएका छन् ।

सोमबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो । संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति भएको हो ।

बैठकमा दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको प्रधानमन्त्रीका मानवअधिकार सल्लाहकार अग्नि खरेलले बताए ।

‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस कमिटी सर्च कमिटी गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीबाट दुवै दलका नेताहरूसँग परामर्श भयो । सोही अनुसार कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भयो,’ खरेलले भने ।

 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ५९ बजे

बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध कुलमान सर्वोच्चमा

काठमाडौँ । आफुलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट गैरकानुनीरुपमा

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा

प्रतिपक्षी दलहरूलाई प्रधानमन्त्रीको कटाक्ष – संसदमा जवाफ दिईंदैन, चिसै पानीले नुहाएहुन्छ

काठमाडौं। प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी

बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्ति दिलाउन युवतीहरुलाई सिपमूलक तालिम

नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी

इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

इटहरी । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ