१३ चैत्र २०८१, बुधबार | March 26, 2025

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव-२०२५’



काठमाडौं । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ ।

नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो ।

कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यान्बेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे दश बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुङ्गिएको थियो । पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो ।

सो अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसंस्था, स्थानीय अष्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यसैगरी राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा अष्ट्रेलियाली सरकारका अर्थमन्त्री केटी गालागार, केन्द्रीय सांसद डेभिड स्मिथ, कूटनीतिक नियोगका प्रमुखहरू, अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारका बहुसासंस्कृतिकमन्त्री माइकल पेटरसन र यातायतमन्त्री क्रिस् स्टिललगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली कला संस्कृति झल्काउने प्रदर्शनी, नेपाली खानाका फुडस्टल, बालबालिकाहरूका लागि चित्रकला राखिएको थियो ।

नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउने अभियानका रूपमा सन् २००९ देखि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाले नेपाल महोत्सव आयोजना गर्दै आएको अध्यक्ष अनिल पोखरेलले बताए ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवले क्यान्बेराको नेपालीले राम्रो गरिरहेको र नेपाली समुदायले नेपाल र नेपालीलाई गर्वको महसुस गराएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ३४ बजे

बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध कुलमान सर्वोच्चमा

काठमाडौँ । आफुलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट गैरकानुनीरुपमा

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा

प्रतिपक्षी दलहरूलाई प्रधानमन्त्रीको कटाक्ष – संसदमा जवाफ दिईंदैन, चिसै पानीले नुहाएहुन्छ

काठमाडौं। प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी

बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्ति दिलाउन युवतीहरुलाई सिपमूलक तालिम

नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी

इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

इटहरी । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ