१२ चैत्र २०८१, मंगलबार | March 25, 2025

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी



खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा आईतबार भएको खेलमा भिलेज होप डुडुवा विजयी भएको छ । भिलेज होपले न्यू भगवती स्पोर्ट्स क्लब बैजनाथलाई शून्यका बिरुद्द १ गोल गर्दै विजयी बनेको हो ।

खेल सुरु भएको सत्ताइसौँ मिनेटमा भिलेज होपका सन्देश शाहीले गरेको गोल नै निर्णायक गोल बन्यो । न्यु डाँफे स्पार्टस् क्लव खजुरा ( डि गाउँको आयोजनामा खजुरा मिनी रङ्गशालामा भएको गज बहादुर सिजाली स्मृती १० औं डाँफे कपमा १६ टिमले सहभागिता जनाएका छन् ।

आजको खेलमा खेलको म्यान अफ दि म्याच भिलेज होपका सन्देश शाही घोषित भए । म्यान अफ दि म्याच खेलाडीलाई समाजसेवी पूर्व खेलाडी बालवीर थापा र फायर फूड एण्ड रेस्टुरेन्टका संचालक इन्द्र बहादुर सोनीले नगद ११ सय साथै ट्रफी र मेडल प्रदान गरेका थिए ।

न्यू डाँफेका संस्थापक गजबहादुर सिजालीले स्थापना गरेको सम्झनामा क्लबले उनकै नामबाट खेल सञ्चालन गरेको हो। बाँके जिल्लाकै दोस्रो रङ्गशाला खजुरा डिगाउँमा रहेको मिनी रङ्गशालामा न्यु डाँफेले हरेक वर्षजस्तै यस वर्ष पनि खेल सञ्चालन गरिरहेको क्लबका अध्यक्ष हरी प्रकाश विकले जानकारी दिए ।

खेललाई दशौँ संस्करणसम्म आइपुग्दा खजुरा क्षेत्रकै गौरवको प्रतियोगिता बनेको खेल संयोजक तिलकवीर सुनारले सुनाए ।

सोमबार हुने खेलमा योङग व्याइज स्पोर्ट्स क्लब बैजनाथ र जिल्ला प्रहरी कार्यालय बाँके भिड्नेछ । प्रतियोगिताको फाइनल चैत्र २१ गते हुने क्लबका सचिव बालाराम खत्रीले जानकारी दिए।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : ५६ बजे

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको

डाँफे कप फुटबल : परिवर्तनशिल युवा क्लब विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत