१३ चैत्र २०८१, बुधबार | March 26, 2025

विराटनगरमा प्रेस चौतारीको महाधिवेसन सुरू



विराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजवाट विराटनगरमा सुरु भएको छ ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरू भएको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

केन्द्रीय महाधिवेशनको आइतबार बिहान ११ः०० बजे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको भए पनि अन्तिम समयमा उनी गएनन् । ओली नगएपछि एमाले महासचिव शंकर पोखरेलले महाधिवेशनको उद्घाटन गरेका छन् ।

आजबाट सुरू भएको महाधिवेसनका लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगरमा रहेका छन । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिए ।

अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोवाट र प्रतिनिधिलाई भने आज र भोलीका लागि आवासको व्यवस्था गरिएको छ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन यस महाधिवेशनले गर्ने महासचिव लामाले जानकारी दिएका छन् ।

चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राइले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् । अहिलेसम्म नै पाण्डे र रार्इबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ। संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन् ।

 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ३ : २५ बजे

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सत्तारुढ दलहरूमा सहमति

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।

काभ्रे जिसस प्रमुख पक्राउ

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेका प्रमुख दिपककुमार गौतम

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

इटहरी । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा

प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित

काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोध पछि प्रतिनिधिसभाको बैठक आधा घण्टा

कुलमान बर्खास्तीको निर्णय विरुद्ध संसदमा प्रतिपक्षी दलहरूको अवरोध

काठमाडौं । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक बर्खास्ती