९ बैशाख २०८२, मंगलबार | April 22, 2025

आईपीएल : कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो ।

कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाए पूरा गर्यो । बैंगलुरुका लागि विराट कोहली र फिल साल्टले अर्धशतक प्रहार गरे । ३६ बलको सामना गरेका कोहलीले ३ छक्का र ४ चौकासहित ५९ रन बनाए । त्यस्तै साल्टले ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रनको योगदान दिए । कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए । बलिङतर्फ कोलकाताका वैभव अरोरा,वरुण चक्रवर्ती, सुनिल नारायणले एक एक विकेट लिए ।

त्यसअघि कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान अजिंक्य रहानेले ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै सुनिल नारायणले ४४ रन बनाए । अंगक्रिस रघुवंशीले ३० रन बनाए। त्यस्तै रिंकु सिंहले १२ रन बनाउँदा ओपनर क्विन्टन डी कक ४ रनमा आउट भए ।

बैंगलुरुका लागि कुर्नाल पाण्ड्यले तीन विकेट लिए । चार ओभर बलिङ गरेको कुर्नालले २९ रन खर्चिए । यस्तै जोश हेजलवुड दुई विकेट लिए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ४८ बजे

आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले अहिले कोशी

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आईपीएल : कोलकाताविरुद्ध गुजरातको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट