नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके जानकी गायँपालिका ५ बुडिया गाउँबाट ३९ ग्राम ६० मिली ग्राम ब्राउन सुगर सहित स्थानीय ६६ वर्षिय रम्मन खानलाई पक्राउ गरेको हो ।
बुडियागाउँमा लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध ब्यूरो नेपालगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा रम्मन खानको साथबाट शुद्ध तोल ३९ ग्राम ६० मिली ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । खानबाट नगद रु. ४२ हजार ६५० र भे ६ प ३३०७ नम्बर को १५० सी.सी. को पल्सर मोटरसाईकल बरामद भएको बाँके प्रहरीका सुचना अधिकारी यामबहादुर मल्लेले जानकारी दिए ।
पक्राउ परेका रम्मन खाँ लाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया