१२ चैत्र २०८१, मंगलबार | March 25, 2025

‘सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ’



बागलुङ । पूर्वउपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई सुदृढ बनाउन जरूरी रहेको बताएका छन् । बागलुङ नगरपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उनले सङ्घीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न थप सुदृढीकरणका काम गर्न आवश्यक रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनताको नजिक रहेको स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । संविधानले स्थानीय तहलाई बलियो बनाउने व्यवस्था गरेको भन्दै उनले जनताका आधारभूत आवश्यक पूरा गर्न गम्भीर भएर लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “सङ्घीय व्यवस्थालाई थप सबल र सरल बनाउनुपर्छ । तीनै तहका सरकारलाई बलियो र मजबुत बनायौँ भने मात्रै नागरिकले सङ्घीयताको अनुभूति गर्न सक्छन् । यसमा केन्द्र सरकारले आवश्यक सहयोग र सहजीकरढा गर्नुपर्छ । स्थानीय तहलाई थप बलियो बनाउन समानुपाति ढङ्गले बजेट व्यवस्थापन तथा वितरणमा ध्यान दिनुपर्छ ।”

सरकारले सङ्घीयताको आभास हुने गरी सेवा प्रवाहलाई प्रभावकारी गराउनु पर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : ३५ बजे

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको आधारशिला

नरैनापुरमा आगलागी, १७ घर जले, आगलागीको मौसम सुरुहुँदा पालिकाको दमकल ग्यारेजमा

नेपालगन्ज । बाँकेको नरैनापुरमा आगलागी भएको छ । पालिकाको वडा

मगर महिला संघको आयोजनामा १५ दिने हाते तान बुन्ने तालिम सञ्चालन

तिलोत्तमा । नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिले मँगलबारदेखि