१२ चैत्र २०८१, मंगलबार | March 25, 2025

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : देव गुरुङ



गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् ।

तमु मुक्तिमोर्चा गोरखाको छैटौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै गुरुङले देशमा राजतन्त्र फर्काउने बाहानामा चलखेल र षडयन्त्र भइरहेको बताए । “प्रतिगामी शक्तिहरूले उचाल्ने, पर्छाने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्न खोजिरहेका छन् । अब देशमा गणतन्त्रको विकल्प छैन”, महासचिव गुरुङले भने, “यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ ।’’

उनले कुनै सरकार वा व्यक्ति असफल भएमा त्यसको विकल्प अर्को पार्टी र व्यक्ति हुने भन्दै राजसंस्था कुनै पनि अवस्थामा विकल्प हुने नसक्ने धारणा राखे । मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताए। “सबै दललाई कुनै न कुनै ढङ्गले सहमति र सहकार्यमा ल्याएर राष्ट्रिय एकता कायम गर्दै एकाधिकार, दलाल पुँजीवादी प्रभुत्वलाई सदाका लागि विस्थापित गर्नुपर्ने बेला आएको छ । त्यो वातावरण बन्दैछ”, उनले भने ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ०१ बजे

कुलमानलाई हटाउने सरकारको निर्णयको कांग्रेस महामन्त्री विश्वप्रकाशले राखे विमति

नेपालगन्ज । मन्त्रिपरिषदको बैठकबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ घोषणा

काठमाडौँ, ११ चैतः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले ‘राष्ट्रिय

मन्त्रिपरिषद् बैठक : ‘टिआरसी’सँग जोडिएका आयोगमा नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण

नेपालगन्जमा नमुना युवा नगरसभा अभ्यास कार्यक्रम

नेपालगन्ज । नेपालगन्जमा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम

डाँफे कप फुटबल : जिल्ला प्रहरी बाँके बिरुद्द न्यू जर्नि बैजनाथको २ गोल

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट