११ चैत्र २०८१, सोमबार | March 24, 2025

माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको छ : प्रचण्ड

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने उद्घोष



चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने बताएका छन्।
जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत आज यहाँ आयोजित जागरणसभामा  उनले भने, “विसं २०८४ को निर्वाचनमा माओवादीहरु र समाजवादीलाई एकताबद्ध गर्ने ठाउँमा ल्याउने तयारीमा छौँ ।”
प्रचण्डले अब माओवादी २०६४ सालमा हासिल गरेको चुनावी परिणम पुनः प्राप्त गर्नेतर्फ लागेको, आम जनतामा माओवादी केन्द्र एक्लै हिँड्न सक्दैन भन्ने भाष्य चिर्दै अघि बढ्ने बताए । उनले माओवादी कमजोर हुँदा प्रतिगामी तत्व सल्वलाएको तर्क गरे ।
आफूहरु पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताउँदै उनले देशको विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुन आवश्यक रहेको बताए ।
माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको अभियानका क्रममा आफूले महसुस गरेको बताउँदै उनले जनताको माग सम्बोधन गर्ने दल माओवादी केन्द्र भएको दोहो¥याए ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले युगान्तकारी परिवर्तनका लागि माओवादी केन्द्र आवश्यक छ भन्दै नेपाली जनताको भरोसा माओवादी केन्द्रप्रति रहेको बताए । पार्टीका अर्का उपाध्यक्ष पम्फा भुसालले देशको विकासका निम्ति सुशासन अपरिहार्य भएको बताए ।
त्यस अवसरमा माओवादी केन्द्रका सचिव हितमान शाक्य, चितवन इञ्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारीले अभियानका क्रममा पार्टीका शुभचिन्तक एवं कार्यकर्ताबाट प्राप्त सुझाव माओवादी केन्द्रका निम्ति अमूल्य रहेको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ५ : १४ बजे

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । आज सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक

एकिकृत समाजवादी रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह निर्वाचित

बुटवल । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि