धनुषा। लक्ष्मिनीया गाउँपालिका–७ लक्ष्मिनीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्रामसहित एकजना पक्राउ परेका छन् ।
मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको म।प्र।०३–००२ ख २५२० नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र ३४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया