२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कांग्रेसले निर्णय नगर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रस्ताव गरे संविधान संशोधनको एजेण्डा

संघमा २ सय ७५ बाट २ सय १ र प्रदेशमा ४० प्रतिशत सांसद संख्या घटाउनु पर्ने प्रस्ताव



नेपालगन्ज । नेपाली कांग्रेसले संबिधान संशोधनका सम्बन्धमा अहिलेसम्म कुनै एजेण्डा सार्वजनिक नगरेपनि कांग्रेस युवा नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संबिधान संशोधनका बिभिन्न बुँदाहरु सार्वजनिक गरेका छन् । बाँकेका कार्यकर्ताहरुको भेटमा उनले संघ र प्रदेशको सांसद संख्या घटाउनु पर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

उनले संघमा २ सय ७५ बाट २ सय १ र प्रदेशमा ४० प्रतिशत सांसद संख्या घटाउनु पर्ने बताए । उनले बाँकेका कांग्रेस कार्यकर्ताहरुमाझ निजामति र सुरक्षा निकायमा पनि कर्मचारी घटाएर चालु खर्च कम गरी संघीयतालाई व्यवस्थित गर्नुपर्ने पनि सुनाए ।

कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषदबाट पूर्वविशिष्टलाई सुविधा सम्बन्धी कानुन बन्दै गरेको खुलासा गरेको २ दिन पछि सोही मन्त्रिपरिषदका सदस्य रहेका स्वास्थ्यमन्त्री पौडेलले पूर्वविशिष्टलाई सेवा सुविधा दिने सरकारको योजना नभएको दाबी गरे । उनले राज्यलाई आर्थिक भार पर्ने गरी पूर्वविशिष्टलाई सेवा सुविधा नदिइने बताए । मन्त्री पौडेलले पूर्वविशिष्टलाई दिने भनिएको सुविधा पास नहुने पनि बताउँदै राज्यलाई आर्थिक भार थपिने गरी कुनै पनि सेवा सुविधा दिन नसकिने दोहो¥याए ।

मन्त्री पौडेलले बिमालाई व्यवस्थित गर्नुपर्ने औल्याए । बिमामा थोरै बजेट छुट्याइने र बक्यौता धेरै रहने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउदै पौडेलले व्यक्ति र विभिन्न संघ संस्था, निकायबाट निश्चित रकम लिएर बिमाको रकम सुरक्षित गर्नुपर्ने बताए ।

जिल्ला सभापति नारायण गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति गोपाल अधिकारी, प्रदेश सांसद बादशाह कुर्मी, जिल्ला सचिव सुधांशु कोइरालालगायतका नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  २ : ०९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%