११ चैत्र २०८१, सोमबार | March 24, 2025

महायज्ञका नाममा दलितमाथि ज्यादती, पीडित परिवार विस्थापित



सिरहा। सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दिपक मलिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन्।

घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादबलाइ प्रहरीले पक्राउ गरेपछी उनका छोरा रुकेश यादव ५र७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिक घरपरिवार विस्थापित भएका हुन् ।

रुपेशले पीडित परिवारलाई आफूहरुसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए ।

असुरक्षा बढ्न थालेपछि दिपककी श्रीमती अनिता मलिक सिरहा नपा १९ सन्हैठामा आफन्तका बस्न गएका छन्। दिपक आफै भने गाउँकै एक जनाको घरमा बसोवास गरेको स्थानीयले बताएको छ।

उनका छोराछोरीहरु भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए। प्रहरीले सुरक्षाका कारण दिपकका परीवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।

घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलिप यादवलाई पक्राउ गरे पछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ। मलिक परिवारको घर सुरक्षाका लागि करिव दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ।

औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दिपक मलिकको घर गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर भत्काएको थियो।

 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : १९ बजे

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत

काठमाडौं । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई

बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ

काठमाडौं । बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ। हवाई(टिकट बिक्रीका

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को

संकटा तिलोत्तमा गोल्डकपको अन्तिम चारमा

बुटवल । रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा संकटा