विर्तामोड । झापामा बसमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । झापाको दमकबाट विर्तामोड जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा मृत भेटिएकी महिला मोरङ गछिया बस्ने ४३ वर्षीया सेलिङ चेम्जोङ भएको खुलेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको दमक-विर्तामोड खण्डको झिलभिलेमा पुग्दा अन्य यात्रुले सिटमा महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शुक्रबार साँझ पौने ६ बजेतिर यात्रुले बसको सिटमै महिला अचेत अवस्थामा ढलेको देखेका थिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । परिवारसँग सम्पर्क गरेर घटना अगाडिको महिलाको स्वास्थ्य अवस्थाबारे बुझ्नेकाम भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया