१० चैत्र २०८१, आइतबार | March 23, 2025

देहरादूनमा नेपाल–भारत व्यापार मेला सुरू



देहरादुन । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवर्द्धन तथा आदानप्रदान गर्ने उद्देश्यले आजदेखि यहाँ इन्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव, २०२५ सुरू भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भारतको उत्तराखण्ड प्रदेश सरकारको संयुक्त आयोजनामा सुरू महोत्सवको आज साँझ उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्घाटन गरे । सात दिनसम्म चल्ने महोत्सवमा नेपाली व्यवसायीका ५० र भारतीय व्यवसायीका एक सय ५० प्रदर्शनी कक्ष छन् ।

उत्तराखण्डका मुख्यमन्त्री धामीले दुई देशका व्यवसायी सहभागी यस महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध अझ प्रगाढ भएको बताए । “दुवै देशको सांस्कृति र भावनात्मक सम्बन्ध थप बलियो बनाउनका लागि यो महात्सव फलदायी हुनेछ, आर्थिक सम्बन्ध थप बलियो हुनेछ”, उनले भने ।

उनले दुई देशबीचको सीमामा रहेको वनबासा नजिकको पुलबाट आवातजावत गर्ने समय दैनिक चार घण्टाबाट बढाएर सात घण्टा बनाइएको र आगामी दिनमा समयसीमा अझै बढाउने प्रतिबद्धता व्यक्त गरे । मेला दुवै देशका व्यापारी, कालीगढको विकासका लागि सहयोगी हुनेमा विश्वस व्यक्त गर्दै यो मञ्च आर्थिक सम्बन्ध बलियो बनाउन माध्यम हुने उनले बताए ।

“हामीले उत्तराखण्ड र नेपालबीच कारोबार सहज बनाउनका लागि विभिन्न पूर्वाधार निर्माण गरेका छौँ, यसबाट दुवै देशका व्यवसायी र नागरिकले आर्थिक लाभ लिन सक्नेछन्”, उनले भने । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले महोत्सव दुई देशबीचको सम्बन्ध आर्थिक रूपमा बलियो बनाउने आधार भएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले महोत्सवले दुवै देशबीच व्यापार अभिवृद्धि गर्नुका साथै पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताए । “देहरादून ठूलो सङ्ख्यामा नेपालीभाषी भएको ठाउँ हो, नेपालमा उत्पादित कृषि उपजको व्यापारका लागि यो राम्रो बजार बन्न सक्छ र यहाँबाट सुदूरपश्चिम र समग्र नेपालमा भारतीय पर्यटक बढाउन पनि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने ।

उाले कञ्चनपुर जिल्लासँग जोडिएको भारतको वनबसास्थित नेपाल–भारतबीचमा रहेको शारदा ब्यारेजको पुल दैनिक नौ घण्टा खुला गर्न उत्तराखण्डका मुख्यमन्त्रीसमक्ष आग्रह गरे । “नेपाल–भारतबीचको व्यापरिक सम्बन्धले आर्थिक रूपान्तरण आयआर्जन र वस्तु तथा सेवाका विविधिकरणमा सहयोग पुर्याउँछ”, उनले भने, “दुई देशबीचमा रहेको सामाजिक धार्मिक सम्बन्धले हरिद्वारदेखि मुक्तिनाथ, केदारनाथदेखि पशुपतिनाथलगायतमार्फत धार्मिक पर्यटनको प्रवर्द्धन गरी व्यापार र आर्थिक उत्पादनलाई बजारीकरण गर्न आवश्यक छ ।”

महोत्सवमा, काठमाडौँ, चितवन, पाल्पादेखि सुदूरपश्चिम प्रदेशका व्यवसायी तथा उद्यमी सहभागी मेला उत्पादनको बजारीकरण तथा प्रवर्द्धनको उपयुक्त थलो भएको अध्यक्ष जोशी भनाइ छ । उनले महोत्सव आयोजनाका लागि उत्तराखण्ड सरकारको सहयोग र सद्भावका लागि धन्यवाद दिए ।

महोत्सवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले रू एक करोड ५० लाख र कञ्चनपुर उद्योग वाणिज्य सङ्घले रू एक करोड ५० लाख खर्च गरेको उनले जानकारी दिए । महोत्सवमा नेपालस्थित भारतीय राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्प क्रसलगायतको सहयोग रहेको छ । उद्घाटनका अवसरमा कलाकारहरूले नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : ०८ बजे

२३ औं तिलोत्तमा गोल्डकप : ट्राईबेकरमा पुलिसलाई स्तब्ध पार्दै चर्च अन्तिम चारमा

बुटवल । रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल

बाँकेको डुडुवामा ट्याङ्करको ठक्करबाट २ बालकको मृत्यु, स्थानीयले प्रहरी चौकी सहित ट्याङ्कर जलाए

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा ट्यांकरले ठक्कर दिँदा

नेपाल पर्यटन बोर्डद्वारा म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको यांगुनमा सम्पन्न ‘नेपाल-म्यानमार व्यापार

नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन– सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा

कुतर्क गरेर जनतामा भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीलाई शंकर पोखरेलको चेतावनी

विराटनगर। नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी