१० चैत्र २०८१, आइतबार | March 23, 2025

मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकोमा सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।

नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताए । उनले निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिए ।

दुई पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउँन पाउँदा गर्भ महसुुस भएको उल्लेख गरे ।

सम्मेलनबाट प्राप्त निष्कर्षहरु सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गरे ।

कार्यक्रममा समाजका अध्यक्ष प्रा डा दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतिकरण गरेकी थिईन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ९ : १९ बजे

पृथ्वीमा पानीको उत्पति कहिले भयो ? नयाँ अनुसन्धानले गरायो खुलासा

काठमाडौं। ब्रह्माण्ड रहस्यले भरिएको छ। विज्ञानमा रुचि राख्ने मानिसहरूको दिमागमा

गणतन्त्रको पक्षमा हुने संघर्षका कार्यक्रममा सहभागी बन्न कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका

महिला अधिकारको सवालमा साझा ऐन बनाउनुपर्छ : सांसद तुलसा दहाल

काठमाडौं । राष्ट्रियसभा परिपक्वहरूको सदन हो । संवैधानिक रूपमा प्रतिनिधिसभा

तिलोत्तमा गोल्डकपमा एपीएफको विजयी शुरुवात

बुटवल । २३ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विभागिय

मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा