खजुरा । बाँकेकै जेठो क्लबहरुमध्यको न्यु डाँफे स्पार्टस् क्लव खजुराको आयोजनामा भोलि (शनिबार)बाट दशौं डाँफे कप नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । क्लवका संस्थापक गजबहादुर सिंजालीको स्मृतिमा आयोजना हुने् प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवले जनाएको छ ।
खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना हुने फुटबल प्रतियोगिताको तयारी पुरा भएको न्यु डाँफे क्लवका खेल संयोजक तिलकबीर सुनारले जानकारी दिए ।
शनिबार अपरान्ह ४ बजे खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बिक तुफानले उदघाटन गर्ने फुटबल प्रतियोगितामा उदघाटन खेल योङ स्टार नेपालगन्ज र न्यु डाँफे क्लव (बि) बीच हुने छ ।
नक आउट फूटबल प्रतियोगितामा बाँके जिल्लाका १६ वटा क्लवहरुले भाग लिएको प्रतियोगितका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
खेल संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपै.ा सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।
ए डिभिजनको फुटबलको खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस् क्लव २०३८ सालमा गठन भएको क्लव हो ।
प्रतिक्रिया