२३ चैत्र २०८१, शनिबार | April 5, 2025

नारायणघाट-बुटवल सडक : पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र



नवलपुर । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ ।

नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ । यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन् ।

निर्माण पूरा भएका पुलमा लिङ्करोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए । विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन् ।

सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार जारी रहेको बताए । “हामीले सडक विस्तारसँगै पुल निर्माणमा जनशक्ति केन्द्रित गरेका छौँ”, उनले भने, “सडक कालोपत्र र पुल निर्माणसँगै कल्भर्ट, सब बेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबीनलगायत ६५० भन्दा बढी कामदार परिचालन गरेर काम गरिरहेका छौँ ।” आगामी वैशाखभित्रमा दुम्कीबाससम्म कालोपत्र गरिसक्ने लक्ष्य छ । “दाउन्नेमा पूर्वीखण्डमा पर्ने सबैभन्दा कठिन ठाउँको डाँडाको भित्तो कटान पूरा भएको छ”, उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ९ : ५० बजे

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शिर्ष स्थानमा, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष

बिदाका कारण सोमवारसम्म रविलाई प्रहरी हिरासतमै राखिने

भैरहवा । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र

चैतेदसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

बागलुङ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ । बागलुङ

चैतेदसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

काठमाडौं । चैतेदसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको

वन वाटिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै खिमलाल पाण्डे निर्वाचित

बुटवल । रुपन्देहीको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन