काठमाडौं । जारी प्रधानमन्त्री (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार तीन खेल हुँदैछन् । एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश, कर्णाली र मधेश प्रदेशसँगै आज गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो ।
एपिएफ र सुदूरपस्चिमको खेल सिद्धार्थनगर रंगशालामा हुँदैछ भने कर्णाली र मधेशको खेल एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने छ ।
अर्को खेलमा आर्मी र गण्डकी प्रदेश देउखुरी क्रिकेट स्टेडियममा आम्नेसाम्ने हुँदैछन् । तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछन् ।
प्रतिक्रिया