९ चैत्र २०८१, शनिबार | March 22, 2025

चैत ९ र १० गते एकिकृत समाजवादी रूपन्देहीको जिल्ला अधिवेशन, तयारी पूरा



बुटवल । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको यहि चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटिले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।

२०७८ साल भदौं ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाविधेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताए । उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । उनले जिल्ला अधिवेशनका लागी रुपन्देही जिल्लाका ५ वटा निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधिहरु छनौट गर्ने काम सम्पन्न गरिएको बताए । उनले आफूहरु एमाले विद्राेहबाट आएकाले त्यसैकाे निरन्तरता भएकाले जिल्ला अधिवेशन १० औं भनिएकाे सेपष्ट पारे ।

अधिवेशन प्रतिनिधिहरुको छनौट गर्दा दलित तर्फ १० जन बराबर १, खुल्ला तर्फ २० जना बरार १ र सबै क्लस्टरमा एक तिहाई महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाहरुको सहभागिताको सिद्धान्त अपनाईएको कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । उनले आफूहरुले विधानको पूर्णतया पालना गरेको बताउँदै अधिवेशनलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।

विधान अनुसार संघीय निर्वाचन क्षेत्र नं. १ बाट जम्मा ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११ २५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरु रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तत्यमा उल्लेख गरिएको छ । विधान बमोजिम जम्मा प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरु जिल्ला कमिटीले मनोनित गरी दशौं अधिवेशनमा सहभागी प्रतिनिधिहरुको जम्मा संख्या १४१ जना बनाईने जनाइएको छ ।

अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्दसत्र हुनेछ । बुटवल-१३ स्थित साईनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए । अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको छलफलपछि टुंगो लगाईने उनले बताए ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एव्म लुम्बिनी प्रदेशसभा सदस्य पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटि सदस्य हिराध्वज शाह, यम पछाई, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ८ : ४३ बजे

एकआपसमा मोटरसाइकल ठोक्किदा दाङमा एकको मृत्यु

दाङ। एकाबिहानै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको

संसद् समीक्षा : कानुन निर्माणमा सक्रियतादेखि दलितमाथिको ज्यादती विरुद्ध साझा प्रतिवाद

काठमाडौं । जनताको आवाज प्रत्यक्ष रूपमा मुखरित गर्ने जनप्रतिनिधिमूलक थलोको

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

झापा । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित

मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने

मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट

२३ औं तिलोत्तमा गोल्डकप आजदेखी शुरु, उद्घाटनमा आयोजक र एपीएफ भिड्दै

बुटवल । रुपन्देही कै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप प्रतियोगिता