१० चैत्र २०८१, आइतबार | March 24, 2025

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु



काठमाडौं । ट्राफिक प्रहरीले बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ ।

दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमित रूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख वीरेन्द्र विश्वकर्माले कार्यक्रमअन्तर्गत चालकहरूलाई ट्राफिक नियम, सुरक्षा मापदण्ड तथा जिम्मेवार रूपमा सवारी सञ्चालनबारे जानकारी दिइने बताए । “दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्राको सुनिश्चितताका लागि यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । चालकहरूले जिम्मेवार भएर नियमअनुसार सवारी सञ्चालन गरे दुर्घटनाको सम्भावना निकै कम हुन्छ । हामीले हरेक हप्ता यस्तै विषयमा सचेतना फैलाउने गरी यो कार्यक्रम सुरु गरेका छौँ”, उनले भने,“कार्यालयले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउँदै लैजाने योजना बनाएको छ ।”

कार्यक्रममा सहभागी चालकहरूले पनि यस्ता जानकारीमूलक प्रयासहरू उपयोगी रहेको बताएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ४ : ४९ बजे

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’

सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय