९ चैत्र २०८१, शनिबार | March 22, 2025

अख्तियारको डरले खजुरा क्यान्सर अस्पतालका कार्यकारी निर्देशकहरुको ‘भागाभाग’

चल्यो लिन्याक, भएन भुक्तानी, चल्दाचल्दै बिग्रे बनाउने कस्ले ?



खजुरा । संघीय सरकारले स्वामित्वमा लिएको १० वर्ष सम्म बिना दरबन्दी संचालन गरिएको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आउने हरेक कार्यकारी निर्देशकहरु आएको केही महिनामा ‘भाग्ने’ गरेका छन् । अस्पतालमा पठाइएका हरेक निर्देशकहरु आफै सरुवा मागेर अन्यत्र जाने गरेको पाइएको छ ।

दरबन्दी बिना करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट चलेको क्यान्सर अस्पतालका कार्यकारी निर्देशकहरु अख्तियारको अनुसन्धानमा पर्ने त्रासमा अस्पतालमा बस्न नमान्ने गरेको स्रोतको दाबी छ । अस्पतालमा हालै संचालनमा ल्याइएको क्यान्सर रोगको सेकाउने लिन्याक मेसिन खरिदमा भएको गडवडीका कारण अस्पताल प्रमुखहरु अस्पतालमा बस्न नमान्ने गरेको बताइएको छ ।

लिन्याक मेसिन खरीद गर्दा सप्लाई गर्ने कम्पनीबाट खरिद सम्झौता भन्दा विपरितको एचएस कोड र कन्ट्री अफ ओरिजिनको मेसिन अस्पतालमा झरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको स्रोतको भनाई छ । स्रोतका अनुसार फरक एचएस कोड र कन्ट्री अफ ओरिजिनको मेसिनको भुक्तानी गर्दा फसिने त्रासले कार्यकारी प्रमुख नटिक्ने गरेका हुन् । त्यसो त अस्पताल प्रशासनले फरक परेको कोड र कन्ट्री अफ ओरिजिनका बारेमा सहजिकरण गरिदिन पटक पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएपनि मन्त्रालयले वास्ता नगरेपछि लिन्याक मेसिन खरिदको विवाद कायम रहेको छ ।

२०७९ पुसमा अस्पतालमा झरेको मसिन विवादकै कारण संचालनमा नल्याइएकोमा ३ महिना अघिदेखि मात्र संचालनमा आएकोथियो । अस्पतालका पछिल्ला निर्देशक डा. प्रकाश प्रसाद साहले भुक्तानीको आश्वासन दिँदै सप्लायर्सबाट प्राबिधिक झिकाएर लिन्याक संचालन गराएका थिए । मेसिन चलेपछि सप्लायर्सले भुक्तानी मागेपछि डा. साह पनि अस्पतालबाट सरुवा मागेर हिँडेका छन् । मन्त्रालयले सहजिकरण नगरिदिएपछि फंसिने डरले साह आफै सरुवा मागेर हिँडेको स्रोतको दाबी छ । यद्देपी डा. साहले मसिन संचालनमा ल्याउन सहजिकरण गरिदिने मन्त्रालय र सरोकारवालाई धन्यवाद दिएका छन् । खबरकुरासंग कुरा गर्दै उनले घरयासी कारणले आफुले घरपायक पर्ने ठाँउमा सरुवा मागेको स्वीकार गरे । उनले मेसिन संचालन भएपनि भुक्तानी हुन नसक्दा मेसिनमा आउने प्राबिधिक खराबीकोे समस्या समाधान गर्न चुनौती देखिएको बताए ।

डा. निरज भट्टराईको कार्यकालमा मन्त्रालयलाई सहजिकरणका लागि भएको आग्रह बमोजिम मन्त्रालयबाट छानबिन समिति समेत गठन भएको थियो । छानबिन समितिले खरिद सम्झौता र भन्सार भएको कागजमा एचएस कोड र कन्ट्री अफ ओरिजिन फरक परेको स्वीकार गर्दै मसिनको गुणस्तरका विषयमा संचालनमा आएपछि भन्न सकिने प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा मसिन जडान भइ संचालनमा आएपनि फरक परेको कोड र कन्ट्री अफ ओरिजिनका बारेमा मन्त्रालयबाट ठोस निर्णय नहुँदा मेसिनको बाँकी रकम भुक्तानी रोकिएको छ ।

२७ करोड बढी मूल्यमा खरिद सम्झौता भएको मेसिनको ६० प्रतिशत रकम सप्लायर्शले लगिसकेको छ भने ८ लाख ६ हजार डलर अझै भुक्तानी दिनुपर्ने देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

मेडि सोलुसनले सप्लाई गरेको नयाँ मेसिन खरिद लन्डनबाट सप्लाई दिने सम्झौता भएको तर भन्सार प्रज्ञापन पत्र र खरिद सम्झौतामा मेसिनको कन्ट्री अफ ओरिजिन र एचएस कोड फरक पाएपछि मेसिनको भुक्तानी हुन नसकेको हो । स्वास्थ्य मन्त्रालयले एक टिमले मेसिन जडान गर्ने र त्यसको प्रतिफल कस्तो दिन्छ त्यस आधारमा रकम भुक्तानी दिने निर्देशन दिएपनि मसिन चलिसकेपछि पनि भुक्तानी प्रक्रिया अगाडी नबढेको सप्लायर्सको भनाई छ ।

सप्लायर्सले भुक्तानी नपाउँदा संचालनमा रहेको मसिनमा प्राबिधिक खराबी आए वारेन्टी समयावधिको सुबिधा कम्पनीले नदिने समस्या रहेको अस्पतालका एक चिकित्सकले बताए । वारेन्टी बमोजिम सुविधा नपाउँदा मसिन बिग्रेकै दिनबाट सेवा प्रभावित हुने ती डाक्टरले बताए । होल हरेक दिन २५ जना क्यान्सरका बिरामीले रेडियो थेरापीको सेवा अस्पतालबाट लिँदै आएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १ : ४० बजे

दशौं डाँफे कप फुटबल : आयोजकको विजयी सुरुवात

खजुरा । बाँकेको खजुरामा आजबाट १० औं डाँफे कप फुटबल

भुर्तुङ समाजद्धारा मानवसेवा आश्रममा सहयोग

बुटवल । भुर्तुङ छापचौर तराई सम्पर्क समाज रूपन्देहीले मानवसेवा आश्रम

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफको पोल्टामा

बुटवल । बुटवल ब्याडमिन्टन क्लबद्वारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा

सिरहामा दलित परिवारको घर भत्काउने पालिका प्रमुख विरुद्ध पीडितबाट प्रहरीमा जाहेरी

दलित परिवारको घर भत्काउने पालिका प्रमुख विरुद्ध पीडित परिवारबाट प्रहरीमा

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : देव गुरुङ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले