१६ चैत्र २०८१, शनिबार | March 30, 2025

‘सिन्धुपाल्चोकमा समातिएको भेप भाटभटेनी साहुको’



काठमाडौं। सिन्धुपाल्चोकमा हालै समातिएको थान भेप भाटभटेनीका साहु मीनबहादुर गुरूङको भएको खुलेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का गंगा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झाले सो दाबी गरेका हुन् ।

बिहिवारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेलाइ जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकवाट उक्त समान बरामद भएको दावी गरेका हुन ।

‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकवाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाइ संरक्षण नगरियोस भन्न चाहान्छु’ झाले भने ।

एमालेका जग्गा दाता मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अबैध भेप भेटिएको छ, जग्गा दाता भने पछि कुनै कारबाही नहुने हो कि के हो रु’ सांसद झाले प्रश्न उठाएका हुन् ।

‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरूरी छ,’ उनले भने ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १२ : ०५ बजे

जिउँदै जलाइएका पत्रकार रजक प्रति बाँकेका पत्रकारको श्रद्धान्जली, दोषीमाथि कारवाहीको माग

नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा