१० बैशाख २०८२, बुधबार | April 23, 2025

स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ अभियान नेपालगन्जमा, ९ गते बृहत वाकाथन



नेपालगन्ज । स्वास्थ्यका लागि हिँडाईको अभियान सहित सुरु भएको वाकाथन नेपालगन्जमा पनि हुने भएको छ । नेपाल चिकित्सक भेरी शाखाको आयोजनामा चैत ९ गते नेपालगन्जमा वाकाथन हुने भएको हो ।

स्वास्थ्यका लागि हिँडाई अभियानका अभियन्ता बालरोग विशषज्ञ डा किशोर खत्रीले सिङ्गो नेपाललाई हिँडाईको माध्यमबाट एउटै मालामा समेट्न वाकाथन अभियान सुरु गरिएको बताए । स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ भन्ने मुल नारासहित प्रातःकालीन हिँडाइ(वाकाथन) अभियान थालिएको उनले बताए । वाकाथनबारे जानकारी गराउँदै उनले हरेक मान्छे बिहान हिँड्न थाल्यो भने मात्र पनि औषधी उपचारमा हुने लाखौं रकम बचत हुने जनाए । स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगन्जका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने र आम नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई एकताको मालामा गास्ने उद्देश्यका साथ नेपालगन्ज वाकाथन हुने उनको भनाई छ ।

उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले वाकाथनलाई सफल पार्न आफुहरुले आर्थिक, नैतिक र भौतिक रुपले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले आफु पनि सनरन्तर बिहान हिँड्ने गरेको जनाउँदै नियमित हिँडाईले नागरिक स्वस्थ बन्न्े र राज्यको स्वास्थ्यमा लगानी हुने करोडौं रकम बचत हुने उल्लेख गरे ।

अभियन्ता डा. केसीका अनुसार नेपालगन्ज वाकाथनमा संघीय स्वास्थ्य मन्त्री प्रदिप पौडेल, स्वास्थ्य सचिव विकास देवकोटा लगायतको सहभागिता रहने छ । नेपालगन्जको गणेशमान चोक अगाडीबाट बिहान ७ः३० बजे सुरु हुने वाकाथन बीरेन्द्र चोक(धम्बोझी चोक) हुँदै पुनः गणेशमान चोकमा पुगेर समापन हुने छ ।

वाकाथनमा सहभागी हुन नेपालगन्जबासीलाई डा. खत्रीले आग्रह गरे । यस अघि दाङमा गरिएको कार्यक्रममा हजारौं स्थानीयबासीको सहभागिता रहेको उनले बताए ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १० : ११ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा