१३ चैत्र २०८१, बुधबार | March 26, 2025

आज संसद्‌मा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली



काठमाडौं । संघीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलगायत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ७ : २८ बजे

श्रीलङ्कामा नेपाली राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति

भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि

राष्ट्रियसभामा चारवटा मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ

आईपीएल : पञ्जाबले गुजरातलाई हरायो

काठमाडौं । पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आईपीएल) मा विजयी सुरुवात

‘अञ्जिला हरेक खेलाडीको कथा हो’

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम