११ चैत्र २०८१, सोमबार | March 24, 2025

एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन् ।

बुधबार एक भिडियो सन्देश जारी गर्दै ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका हुन ।  ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यस पटक मैले तपाईँहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु’, ओलीले भने ।

पहिला पहिला एसइईलाई फलामे ढोका भनिने भएकाले पनि त्यसले विद्यार्थीलाई त्रास बढाउने गरेको उनले स्मरण गरेका छन् । ‘तपाईँहरू परीक्षासँग नतर्सिनुस्, परीक्षा जीवनका कदम कदममा मोड मोडमा आइरहने चिज हो, धेरै परीक्षा उत्तीर्ण गरेर तपाईँहरू यहाँ आइपुग्नु भएको छ, भविष्यमा पनि तपाईँहरूले अनेक परीक्षा पार गर्नुपर्ने छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले धैर्यताको साथ नआत्तिन राम्रो तयारी गरेर परीक्षा दिन आग्रहसमेत गरेका छन । अनिदो र थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भन्दै उनले त्यसबाट जोगिन आग्रह गरे  ।  ‘एसइईको परीक्षा आइहाल्यो, त्यस कारण तपाईँहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईँहरू राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै धेरै शुभकामना’, ओलीले सन्देशमा भनेका छन ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ९ : ०३ बजे

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै

आईपीएल : मुम्बईमाथि चेन्नईको सानदार जित

काठमाडौं । ओपनर रचिन रवीन्द्र र कप्तान ऋतुराज गयकवाडको अर्धशतकसँगै

दाङको घोराहीमा रहेको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

दाङ । घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ