१६ चैत्र २०८१, शनिबार | March 29, 2025

आजको मौसम : केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ५७ बजे

पीएम कप : उपाधिका लागि पुलिस र आर्मी भिड्दै

बुटवल । प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको

म्यानमारमा ७.७ म्याग्निच्यूडको भूकम्प : १४४ बढीको मृत्यु, सयौं बेपत्ता

काठमाडौं । म्यानमारमा शुक्रबार गएको ७ दशमलव ७ म्याग्निच्यूडको भूकम्पका

आईपीएल : आरसिबीसँग चेन्नाई पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले

तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

काठमाडौं । काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको

ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा