२८ मंसिर २०८२, आइतबार | December 15, 2025

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित



नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा क्याम्पसमा स्ववियुको मतदान सुरु भएको छ । राप्तीसोनारीको जनसिद्देश्वरमा भने चुनाव स्थगित भएको छ । विवाद रहेकाले निर्वाचन हुन सकेको छैन । पुरानो र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जमा बिहानैदेखि मतदान सुरु भएको छ ।

पश्चिम नेपालका अधिकांस क्याम्पसहरुमा सत्ता गठबन्धन निकट नेविसंघ र अनेरास्ववियूबीच गठबन्धन गरेर स्ववियु निर्वाचनमा गएपनि पश्चिम क्षेत्रकै चर्चित क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भने नेविसंघ र अनेरास्ववियू एक्लाएक्लै चुनावमा होमिएका छन् । चार हजार ६ सय ६० जना मतदाता रहेको यो क्याम्पसमा सत्ता साझेदार मुख्य ठुला दल निकट नेविसंघ र अनेरास्ववियू एक्ला एक्लै चुनावमा होमिएका छन् भने प्रचण्ड नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले विप्लव, एकीकृत समाजवादी निकट अनेरास्ववियू र धर्मेन्द्र वास्तोला निकट अखिल क्रान्तिकारीसँग गठबन्धन बनाएको छ । त्यसैगरि नागरिक विद्यार्थी, नयाँशक्ती र अर्को एक संगठनले छुट्टै थठबन्धन गरे चुनावमा उत्रिएको छ ।

गएको चुनावमा अनेरास्ववियुले जितेको नेपालगन्जमा अनेरास्ववियुको नेतृत्व केशरजंग शाह, नेविसंघबाट सन्तोष रावल र क्रान्तिकारीको नेतृत्व हरेन्द्रबहादुर विकले गरेका छन् ।

नेपालगन्जको नर्सिङ क्याम्पसमा पनि सरकारी गठबन्धन प्रतिस्पर्धामा उत्रिएका छन् । नर्सिङ क्याम्पसमा २ सय ४२ जना मतदाता रहेका छन् ।

खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा सत्ताधारी ठूला दलको गठबन्धन बनेको छ । यो क्याम्पसमा २ सय १ जना मतदाता रहेका छन् । सत्ता गठबन्धन विरुद्ध यहाँ विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनको गठबन्धन चुनावमा लडेको छ ।

त्रिवि आवद्ध राप्तीसोनारीको जनसिद्देश्वरमा भने चुनाव स्थगित भएको छ । ७६ जना मतदाता रहेको यहाँ १२ जना फर्जी विद्यार्थी हालेको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलले आरोप लगाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : ४१ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर