१४ चैत्र २०८१, बिहिबार | March 27, 2025

पीएम कप : पुलिस, आर्मी र लुम्बिनी विजयी



भैरहवा । जारी प्रधानमन्त्री (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन् । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रन बनाउँदा अलआउट भयो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२, आरिफ शेखले, ४०, सागर ढकालले २२, दीलिप नाथले १९ र अमित श्रेष्ठले १८ रन बनाए । सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिए । जवाफमा सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ रन जोडे । यस्तै, मिलन बोहराले २३ र टेक रावतले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि ललितनारायणले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए । प्रतियोगितामा ललितको यो लगातार तेस्रो ५ विकेट हल हो । यसअघि ललितले एपीएफविरुद्ध ६ तथा मधेशविरुद्ध ५ विकेट लिएका थिए । सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए ।

यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपीएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नटआउट रहँदै सर्वाधिक ३१, विवेक यादवले २६, सोमपाल कामीले अविजित २२ र बसिर अहमदले १३ रन बनाए ।

एपीएफका कप्तान रोहितकुमार पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले समान २-२ तथा किशोर महतोले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अलआउट भयो । उसका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन जोडे । किशोर महतो, अमरसिंह राउटेला र भुवन कार्कीले समान ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि आकाश चन्दले ४, सोमपाल कामीले ३, शाहब आलमले २ र बसिर अहमदले १ विकेट लिए ।

यस्तै, सोमवार नै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशमाथि ८३ रनको जित हात पारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा अलआउट हुँदै १ सय ५८ रनको मध्यम योगफल बनायो । लुम्बिनीका आकाश त्रिपाठीले सर्वाधिक ७३ रन जोडे । कृष्ण कार्कीले ३३ र कप्तान देव खनालले १६ रन बनाए । मधेशका लागि कमल गुप्ता र विशाल पटेलले समान ३-३ तथा हरिशंकर साह, प्रदीप पासवान र रञ्जित कुमारले समान १-१ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा अलआउट भयो ।

मधेशका लागि दीपेश दासले २३ र हरिशंकर साहले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका रमेश कुर्मीले ४, विप्रशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ४५ बजे

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई

दाङ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका

माओवादी निकट प्रेस सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कार घोषणा

काठमाडौं । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा बिभिन्न

सुनको मूल्य एकैदिन बढयो १३ सय रूपैयाँ

काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले

मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरु सवारी साधन सहित पक्राउ

नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानबाट मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरुलाई