२८ मंसिर २०८२, आइतबार | December 15, 2025

चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट



लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने बिषयमा लुम्बिनी विकास कोषमा भेटघाट तथा छलफल गरेका छन् । ‘म कहिल्यै नमरि जीउन चाहन्छु’ नामक चलचित्रको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा सुटिङ गर्ने योजना रहेको भन्दै निर्माता तथा कलाकारहरुले आईतबार लुम्बिनीमा छलफल गरेका हुन् ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बुद्ध र लुम्बिनीको सकरात्मक रुपमा प्रचार गर्ने गरी चलचित्र निर्माण हुने कुराले खुशी तुल्याएको बताए । उनले चलचित्रले चीनका नागरिकहरुमा बुद्ध र लुम्बिनीका बारेमा सकरात्मक प्रभाव पार्ने भन्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिए । उनले लुम्बिनीमा चलचित्रको छायांकनका लागि कानुनले दिएका बिषयमा सक्दो सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाए ।

छलफलमा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भगवान बुद्धले लुम्बिनी भ्रमण गर्दा पनि जीवनमा भएका पापहरु क्षम्य हुने भनी बौद्धशास्त्रमा लेखेको उल्लेख गर्दै बुद्धको सन्देशलाई सहि रुपमा चलचित्रले उठान गर्न सुझाव दिए । लुम्बिनीमा शाक्यमुनी बुद्ध र कपिलबस्तुमा कक्रुछन्द र कनकमणि बुद्धको जन्म भएकाले ती क्षेत्र र बृहत्तर लुम्बिनीलाई पनि समेटेर छायाँकन गर्दा अझ प्रभावकारी हुने उनले बताए ।

छलफलमा चलचित्रका निर्माता चाउ डिफिङले आफूहरु अहिले प्रारम्भिक जानकारी लिन मात्रै आएको बताउँदै चिनियाँ दुतावास हुँदै लुम्बिनीमा छायांकनका लागि आउने बताए । उनले आफूहरुले बुद्धको जीवनको सन्देशलाई चलचित्रमा उतार्न खोजेको बताउँदै त्यसैका लागि यहाँ आएर छायांकन गर्ने योजना रहेको सुनाए । निर्माता चाउसँगै छायांकार डेङ्ग छुङमिन सहितको टिम लुम्बिनी आएको थियो । उनीहरुले चिनबाट चलचित्र छायांकन गरी लुम्बिनीमा सकाउने योजना रहेको चिनियाँ कलाकारहरुको टोलीका सहजकर्ता डा. सागर न्यौपानेले बताए । चिनियाँ कलाकारहरु यहाँ आएर चलचित्र बनाउँदा लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने उनको पनि विश्वास छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १० : १८ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर