४ चैत्र २०८१, सोमबार | March 17, 2025

बालसुधार गृहमा लफडा गर्ने उमेर पुगेका बालबन्दी विरुद्ध थप मुद्दा चलाउने तयारी



नेपालगन्ज । पटक पटक बालसुधार गृहमा रहेका बालबन्दीहरुले तोडफोड र आगजनी गर्नथालेपछि सुधारगृहमा रहेका तर १८ वर्ष नाघेका बालबन्दीमाथि मुद्दा चलाइने भएको छ । जयेन्दु बालसुधार गृहमा झपड, तोडफोड, आगजनी, लुटपाट गर्ने उमेर पुगेका बालबन्दीहरु विरुद्ध स्थानीय प्रशासनले अर्को मुद्दा चलाउने भएको हो । प्रशासनले सोही अनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ ।

शुक्रबार राती भएको झडपमा संलग्न मध्य ४० जनालाई नौबस्ता बालसुधार गृह पठाएको छ भने मुख्य झडपका सुत्राधर मानिएका २४ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । हिंसामा उत्रिएकाहरुका बारेमा अनुसन्धान गर्ने र झडप, तोडफोड, आगजनी, लुटपाट गर्नेलाई थप मुद्दा लगाउने गरि कारबाही प्रक्रिया अघि बढेको बाँके प्रहरीका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए ।

शुक्रबार रातीदेखि भएको झडपमा घाइते भएका सबै जना आज डिस्चार्ज भएका छन् । प्रहरीले केही दिन अघि तीन जना प्रहरीलाई कुट्ने ५ जना, शुक्रबार र शनिबार बालसुधार गृहमा झडप, तोडफोड, आगजनी र गाउँमा गएर पसल लुट्नेलाई कसुर अनुसारको कारबाहीका लागि कारागार विभागमा पत्र पठाउने तयारी गरेको उनले बताए । अनुसन्धानबाट झपड, तोडफोड, आगजनी, लुटपाट गर्ने कार्यमा संलग्नहरुको ठहर गरि म्याद थपेर मुद्दा चलाइने डीएसपी पतालीले बताए ।

१८ वर्ष उमेर पुगेका जतिलाई नौबस्ता र जिप्रकामा राखिएपछि बालसुधार गृह शान्त रहेको प्रहरीले जनाएको छ । बाल सुधार गृहमा २ सय ५५ बालबन्दी राखिएको थियो । केही दिन अघिमात्रै तीन जना प्रहरीलाई कुटेका थिए भने सुधारगृह नजिकैको स्थानीयको पसलमा लुटपात समेत भएको थियो । यसअघि झडप गरिरहनेहरुलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।

पछिल्लो समय बाल सुधार गृह प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्न नमिल्ने र भित्र रहेकाहरु आपसमा लडिरहने प्रचलन जस्तै बनेको एक प्रहरी अधिकारीले बताए । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरुलाई पनि मुद्दा किनारा नलाग्दा सम्म भन्दै बसाउँदा सधै लफडा हुने गरेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : ४७ बजे

‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’

काठमाडौँ । नागरिक लगानी कोषले सङ्कलित पुँजी राष्ट्र निर्माण र

लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना

कञ्चनपुर । परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना

मनाङमा एसइई परीक्षा दिनेको संख्या ४६ जना मात्र

मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस

विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

काठमाडौं । विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय : आज १८ अर्बको ट्रेजरी बिल नवीकरण हुँदै

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ४ गते आज सोमबारका