१४ चैत्र २०८१, बिहिबार | March 27, 2025

पीएम कप : एपीएफ, लुम्बिनी र कोशी विजयी



भैरहवा । जारी प्रधानमन्त्री (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेशले जित निकालेका छन् ।

भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गर्दै जित हात पार्यो । १ सय ९० रनको लक्ष्य एपीएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउँदै पूरा गर्यो । एपीएफको जितमा दीपक बोहराले नटआउट सर्वाधिक ७० रन जोडे । यस्तै, सुमित महर्जनले नट आउट ३४, ओपनर आसिफ शेखले २५ तथा लोकेश बम र रोहित पौडेलले समान २२-२२ रन बनाए । कर्णालीका दिवान पुन र दीपेन्द्र रावतले समान २-२ तथा प्रकाश जैसीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । उसका लागि सुनिल धमलाले४७, दिनेश अधिकारीले ३३, दीपेन्द्र रावतले ३० र प्रकाश जैसीले २० रन बनाए । एपीएफका अभिषेश गौतमले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो, दीपक बोहरा, रोहित पौडेल र भुवन कार्कीले समान १-१ विकेट लिए ।

यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि ४८ रनको जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३२ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो । लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ३३, कप्तान देव खनाल र मनिष थापाले समान १५-१५ रन बनाए ।

बागमतीका गौतम केसीले ४, सूर्य तामाङ र इशान पाण्डेले समान २-२ तथा सोनु देवकोटा र रिजन ढकालले १-१ विकेट लिए । १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रन जोड्दा अलआउट भयो । उसका लागि कप्तान पृथु बाँस्कोटाले सर्वाधिक १५, आशुतोष घिरैया र सुमन सुनारले समान ११-११ रन जोडेर पेभेलियन फर्किए । बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका अजय चौहान र विप्रशन केसीले समान ३-३ तथा रमेश कुर्मी र निर्मल गुरुङले २-२ विकेट लिए । यस्तै, आइतबार नै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशसँग गण्डकी प्रदेशले लज्जास्पद हार भोगेको हो । प्रतियोगितामा कोशीले भने पहिलो जित हात पारेको छ । आफ्नो पहिलो जित निकाल्ने क्रममा कोशीले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८ ओभर २ बलमा १ विकेट गुमाएर सहजै पूरा गर्यो । कोशीकासकिब हकले नटआउट रहँदै सर्वाधिक १६ र चिराग साहले १० रन बनाए ।

गण्डकीका सुवास भण्डारीले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी २० ओभर ४ बलमा ३१ रन बनाउँदा अलआउट भयो । यो पीएम कपको इतिहासकै कम रन बन्ने पहिलो इनिङ बन्यो । कोशीविरुद्ध गण्डकीका कुनै ब्याटरले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका अर्जुन कुमालले बनाएको ९ रन नै सर्वाधिक बन्यो । गण्डकीका ४ ब्याटरले रनको खाता खोल्न नै सकेनन् । कोशीका विपिन महतोले ८ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ६ विकेट लिए । फिर्दोस अन्सारीले ३ तथा दीपेश कंडेलले १ विकेट लिए ।

एपीएफ खेलेका ४ खेलमध्ये ३ मा जितकासाथ तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा चौथो हारका साथ २ अंकमा छ । ४ खेलमा तेस्रो जित हासिल गरेको लुम्बिनी चौथो स्थानमा छ । चौथो खेलमा तेस्रो हार बेहोरेको बागमती नवौं स्थानमा छ । यस्तै, एक–एक खेल जितेका कोशी र गण्डकीको २-२ अंक छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ५ : ३२ बजे

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई

दाङ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका

माओवादी निकट प्रेस सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कार घोषणा

काठमाडौं । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा बिभिन्न

सुनको मूल्य एकैदिन बढयो १३ सय रूपैयाँ

काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले

मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरु सवारी साधन सहित पक्राउ

नेपालगन्ज । नेपालगन्जका बिभिन्न स्थानबाट मोटरसाइकल र ई-रिक्सा चोरी गर्नेहरुलाई