९ बैशाख २०८२, मंगलबार | April 22, 2025

भिल्ला रियललाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो



एजेन्सी । फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा शनिवार भिल्ला रियललाई २-१ ले पराजित गरेको छ । भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गरे । भिल्लाका लागि जुआन फोयथले गोल गरे ।

खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए । तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२३ औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए । जितसँगै रियल २८ खेलमा ६० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । २ खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ दोस्रो स्थानमा छ । भिल्ला भने २७ खेलमा ४४ अंकका साथ पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : ५६ बजे

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन्

रुपन्देहीको दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा सोमबार

समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस दिवास्वप्नमात्र हुनेछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित

खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ