२८ मंसिर २०८२, आइतबार | December 14, 2025

‘कांग्रेस कसैको पनि सेवा सुविधा बढाउने पक्षमा छैन’



पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कसैको पनि सेवा सुविधा बढाउने पक्षमा पार्टी नरहेको बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ को आज पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रीय सदस्य महतले पूर्वपदाधिकारीको सेवा सुविधा बढाउने लागेको भन्दै सरकार र कांग्रेसको आलोचना भइरहेकाले यस्ता कुराका पछि नलाग्न आग्रह गरे । आर्थिक रुपान्तरणको एजेन्डालाई सशक्त बनाउनुपर्नेमा जोड दिँदै उनले युवाका लागि देशमै अवसर सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए । विभागका प्रमुख मीन विश्वकर्माले कांग्रेसले देशका सबै तहमा बहुमत नेतृत्व गरिरहेका अवस्थामा पनि निराशका कुरा बढी हुनु राम्रो नभएको बताए । उनले पार्टी नेतृत्वमा भएका कामको प्रचारमा जुट्न र पार्टीभित्रै एकले अर्कालाई आलोचना गर्ने प्रवृत्ति हटाउन आग्रह गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीमा आन्तरिक अनुशासन हराउँदै गएको भन्दै अनुशासन कायम गराउनका लागि आचारसंहिता लागू गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टी केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको इतिहासलाई कायम राख्न र संविधान निर्माणका सन्दर्भमा व्यक्त अभिमतलाई आत्मसात् गरिनुपर्ने बताए ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य मान्यतालाई आत्मसात् गर्न नसक्दा पार्टीलाई कमजोर बनाउनेतर्फ गम्भीर बन्न आग्रह गरे । कार्यक्रममा कांग्रेसको इतिहास र पार्टी नेतृत्वमा भए गरेका तथ्यगत विवरण सम्बन्धमा डा जगत नेपाल र हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शारदा पौडेल, आङ्गेलु शेर्पा, गुुरु बराल, सीता देवकोटा, सरस्वती अर्याल, कास्की जिल्ला सभापति किशोरदत्त बराल, तनहुँ जिल्ला सभापति जितप्रकाश आले, केन्द्रीय प्रचार विभागका सदस्य एवं कार्यक्रम संयोजक गङ्गाधर पराजुलीलगायतले युवाको विदेश पलायन रोक्ने र यही अवसर सिर्जना गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  १० : ३९ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%