२८ मंसिर २०८२, आइतबार | December 14, 2025

समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो : शङ्कर पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताएका छन् ।

एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज आयोजना गरेको ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवद्र्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयको कार्यक्रममा समावेशितालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रुपमा स्वीकार गरिएको बताए।

महासचिव पोखरेलले सामाजिक र सांस्कृतिक मान्यताको कारण महिला पछाडि पारिएका टिप्पणी गरे । महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उनले देशको संविधान र निर्वाचनसम्बन्धी कानुनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना हुनुपर्ने बताए ।

महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको बताए । उनले आफ्नो पार्टीले अधिकभन्दा अधिक महिलालाई नीति निर्माणका स्थानमा अवसर दिएको बताए ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलन कमजोर भएको भन्दै सबै राजनीतिक दलले महिलालाई अगाडि सार्नुपर्ने बताइन ।संविधानले महिला अधिकारलाई सुनिश्चित गरे पनि अझै पनि त्यो पूरा हुन नसकेको उनले बताइन ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : १२ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर