३ चैत्र २०८१, आइतबार | March 16, 2025

बालसुधार गृहमा झडप र आगजनी, स्थिती तनावग्रस्त



नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा मध्यरातीबाट सुरु भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यराती १२ बजेबाट सुरु भएको झडप आज अपरान्ह मात्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालबन्दी बीचको झडपमा २० जना बढी घाइते भएका छने भने सुधारकेन्द्रभित्र आगजनी भएको छ । बालबन्दीहरुले आफु बस्ने लत्ता कपडा भाँडाकुडा र फर्निचर आगजनी गरेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । घाइते २० जना बढीको नर्सिङहोम नेपालगन्जमा उपचार भइहेको छ ।

प्रहरीका अनुसार, बालसुधार गृहमा राती ११ बजेतिर बिबाद सुरु भएको र मध्यराती १२ बजेबाट दुइपक्षबीच झडप भएको हो । बालबन्दीहरुले सुधारगृहको तल्लो तला आगजनी गरेर ध्वस्त बनाएको बाँकेका प्रहरी प्रवक्ता दीपक पतालीले बताए । उनले बिहानैबाट भवन भित्रबाट प्रहरीमाथि आक्रमण भएको जनाउँदै उनीहरु थाकेपछि मात्र प्रहरी भवन भित्र पसेर नियन्त्रणमा लिएको बताए । ‘उनीहरुकै ढुँगामुढाबाट कतिपय बालबन्दी घाइते भएका छन् भने, कतिपय भागेका छन्,’ उनले भने, ‘भागेकाहरुको तथ्यांक निकाल्दै छौं ।’

बाल सुधार गृहमा २ सय ५० बढी बालबन्दी रहेका छन् । केही दिन अघिमात्रै तीन जना प्रहरीलाई कुटेका थिए । यसअघि झडप गरिरहनेहरुलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।

पछिल्लो समय बाल सुधार गृह प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्न नमिल्ने र भित्र रहेकाहरु आपसमा लडिरहने प्रचलन जस्तै बनेको एक प्रहरी अधिकारीले बतार्ए । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरुलाई पनि मुद्दा किनारा नलाग्दा सम्म भन्दै बसाउँदा सधै लफडा हुने गरेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : १६ बजे

पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ : प्रकाश ज्वाला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा

बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना

काठमाडौं। बलिवुडका चर्चित संगीतकार एआर रहमान अस्पताल भर्ना भएका छन्

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन