५ चैत्र २०८१, मंगलबार | March 18, 2025

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण



काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ ।

दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नुपरेको छ ।

नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको दुई दिन पछि, अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कने आफ्नो यात्रा सुरु गर्नेछन् । नासाका कमर्सियल क्रू प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू धेरै खुसी भएको बताएका छन् । उनले भने, ‘बुच र सुनीताले उत्कृष्ट काम गरेका छन् र हामी उनीहरूलाई फिर्ता पाउन उत्सुक छौं ।’

सुनिता विलियम्स र बुच विल्मोरले जुन ५, २०२४ मा परीक्षण अभियानको लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए ।

उनी आठ दिनपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फर्कने भनिएको भएपनि प्राविधिक गडबडीका कारण उनीहरुलाई फिर्ता ल्याउने मिसन रोकिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ४९ बजे

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको