५ चैत्र २०८१, मंगलबार | March 18, 2025

एकीकृत समाजवादीले सार्वजनिक गर्यो पहिलो चरणको आन्दोलनका कार्यक्रम



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । एकीकृत समाजवादीका महासचिव एवं केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्यका साथ आन्दोलनको कार्यक्रम घोषणा गरिएको उनले बताए । आन्दोलनको पहिलो चरणमा चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सङ्कलन, चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

महासचिव भुसालले वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको बताए ।

आन्दोलनको मूल नारा ‘सुशासन र रोजगारी, समाजवादको तयारी, रोजगारी र सुशासनका लागि आन्दोलन’ रहेको छ । यो गणतन्त्रमा ठूलो पहदलकदमी हुने महासचिव भुसालको दाबी छ । सबै नेपालीलाई रोजगारी दिने गरी कृषि, उद्योग, पर्यटन, उर्जा, पूर्वाधार, सूचना प्रविधिको विकास र शिक्षा–स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास तथा ती सबैमा नागरिकको सहज पहुँच ग्यारण्टी गर्ने पारदर्शी प्रशासनको स्पष्ट योजना मुलुकसँग नरहेको एकीकृत समाजवादीको ठहर छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ३ : २६ बजे

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा