१ बैशाख २०८२, सोमबार | April 14, 2025

आपसी मतभेद एवं असमझदारी हटाएर पार्टी एकजुट बनाउन सके जितको लहर : सभापति देउवा



सुदूरपश्चिम ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी सङ्गठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताएका छन् ।

नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढाएर जनताका सुखदुखमा साथ दिँदै सङ्गठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, “चुनाव आउन धेरै समय बाँकी रहेपनि आपसी मतभेद एवं असमझदारी हटाएर पार्टीलाई एकजुट बनाउन सकेमा जितको लहर आउनेछ ।”

पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले प्रशिक्षक प्रशिक्षणपछि पार्टीको नीति, सिद्धान्तका साथै सङ्घीयता र विकासलगायतका विषयलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

उनले हालसम्म पार्टीले चार प्रदेशमा प्रशिक्षण सम्पन्न गरिसकेको जानकारी दिए । प्रशिक्षण दुई दिनसम्म चल्ने जनाइएको छ ।

गोदामघर हस्तान्तरण
यसैबीच विश्व खाद्य कार्यक्रम (डब्लुएफपि) अन्तर्गत धनगढी उपमहानगरपालिका–१३ मा निर्मित प्रादेशिक आपत्कालीन गोदाम घर आज सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

गृहमन्त्री रमेश लेखकले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आज उक्त गोदाम घर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा गृहमन्त्री लेखकले जुनसुकै बेला हुनसक्ने जोखिमको विपद् व्यवस्थापन गर्ने पहिलो निकाय स्थानीय सरकार रहेकाले यस्ता गोदाम घर स्थानीय सरकारसँग पनि हुन जरुरी रहेको बताए । उक्त गोदाम घर अबदेखि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत सञ्चालन एवं व्यवस्थापन हुने भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ४० बजे

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक

बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल