१ बैशाख २०८२, सोमबार | April 14, 2025

ट्रम्पले मस्कको प्रशंसा गरेपछि तालीले गुन्जियो अमेरिकी संसद



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकार दक्षता विभागको नेतृत्व गरिरहेका एलन मस्कको प्रशंसा गरेका छन् ।

सम्बोधनका क्रममा ट्रम्पले मस्कका लागि यो गर्न आवश्यक नरहेको भन्दै अमेरिकी जनताको लागि उनले ठुलो काम गरिरहेको बताएका थिए । उनले मस्कको नेतृत्वमा करदाता डलरको स्पष्ट बर्बादीको अन्त्य गरिरहेको बताउदा उपस्थित सांसदहरु र अन्य अतिथिहरुले मस्कको सम्मानमा बजेको तालीले संसद गुन्जिएको थियो ।

ट्रम्पले मस्कको नाम उल्लेख गर्दा चेम्बरमा उपस्थित मस्कले उभिएर हात हल्लाउदै राष्ट्रपतिलाई सलाम गरेका थिए । ट्रम्पले भने- ‘मस्कलाई यसको आवश्यकता थिएन, धेरै धेरै धन्यवाद, हामी यसको कदर गर्छौं । मस्कको कामको डेमोक्रेटिक पार्टी पक्षले पनि प्रशंसा गर्छ, मलाई विश्वास छ, तिनीहरू त्यो स्वीकार गर्न चाहँदैनन् ।’

सम्बोधनको क्रममा ट्रम्पले मस्क नेतृत्वको दक्षता विभागले विभिन्न देशलाई दिइएको अनावश्यक सहयोगको सूची पढेर समेत सुनाएका थिए ।

ट्रम्पले आफ्नो सम्बोधनको क्रममा लगातार डेमोक्रेटिक पार्टीमाथि आक्रमण गरेका थिए । उनले आफ्नो प्रशासनले विभिन्न क्षेत्रमा कर कटौती गर्ने समेत घोषणा गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ०२ बजे

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक

बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल