५ चैत्र २०८१, मंगलबार | March 19, 2025

गोरखामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते



गोरखा । गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उनले बताए । दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताए । बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार छन् ।

अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिए । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  २ : ४५ बजे

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

नवलपुर । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका

बुबा र दाजुबाट यौन दुर्व्यवहार : महानगरको प्रतिवेदन बन्यो जाहेरी

काठमाडौं । काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा