१ बैशाख २०८२, सोमबार | April 15, 2025

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरीमा हालसम्मकै धेरै यात्रु आवागमन



काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी महिनामा हालसम्मकै धेरै यात्रु आवागमन भएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबू तिवारीले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरणअनुसार फेब्रुअरी २०२५ मा कुल ११५ उडान–अवतरणमार्फत ६,७७९ यात्रु ओहोर–दोहोर गरेका छन्। यो संख्यामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएयताकै सबैभन्दा बढी हो।

फेब्रुअरी महिनामा फ्लाइ दुबई, जजिरा एयरवेज, थाई एयर एसिया, नेपाल एयरलाइन्स तथा चार्टर उडानमार्फत यात्रुहरू ओहोरदोहोर गरे। फ्लाई दुबईमार्फत २,४०३, जजिरा एयरवेजमार्फत ३,२६५, थाई एयर एसियामार्फत १,०९७, नेपाल एयरलाइन्समार्फत १ तथा चार्टर उडानमार्फत १३ यात्रु यात्रा गरेका छन्। तीमध्ये २११ विदेशी यात्रु रहेका छन्।

नेपाल एयरलाइन्स र फ्लाइ दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका–जाने ट्रान्जिट यात्रुहरूको संख्या ४,०४० रहेको छ।

महाप्रबन्धक तिवारीका अनुसार, नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएयता यात्रु संख्यामा निरन्तर वृद्धि हुँदै आएको छ। नोभेम्बर २०२४ मा ४,२७९, डिसेम्बर २०२४ मा ३,८७८, जनवरी २०२५ मा १,३६५ र फेब्रुअरी २०२५ मा ६,७७९ यात्रु ओहोरदोहोर गरेका छन्। फेब्रुअरी महिनामा यात्रु संख्यामा भएको उल्लेखनीय वृद्धिले भैरहवा विमानस्थलको सम्भावनालाई पुनः बल दिएको देखिन्छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : ५८ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु