९ बैशाख २०८२, मंगलबार | April 22, 2025

न्यूजिल्याण्डलाई हराउदै भारत बन्यो समुह विजेता



काठमाडौं । भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजिल्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ए को विजेता बनेको छ ।

भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजिल्याण्डले ४५.३ ओभरमा अल आउट हुदै २०५ रन मात्र बनाएको थियो ।

न्यूजिल्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१ रन बनएका थिए भने कप्तान मिचेल सान्टनरले २८ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर वरुण चक्रवर्तीले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो ।

भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।

त्यसैगरी न्यूजिल्याण्डका बलर माट हेनरीले सर्बाधिक ५ विकेट लिएका थिए ।

यो जितपछि भारत समुह ए मा समुह विजेता बनेको छ र अब सेमिफाइनलमा अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलमा न्यूजिल्याण्ड र दक्षिण अफ्रिका खेल्ने भएका छन् ।

अब पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाबीच आगामी मंगलबार हुने छ भने दोस्रो सेमिफाइनल खेल बुधबार न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीच हुने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ६ : ४४ बजे

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।

जुम्लामा आजदेखि हिमाली संवाद हुँदै

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा एमालेले आज विशेष कार्यक्रम गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिस्ट

आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले अहिले कोशी

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै