२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

रुपन्देही सियारीको गहुँबारीमा मृत फेला परेकी संगीताको हत्या भएको पुष्टी, एकजना पक्राउ



बुटवल । गत फागुन ८ गते रुपन्देहीको सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखी तलतिर गहु खेतमा फेला परेको महिलाको शवको पहिचान हुनुका साथै महिलाको हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही सियारी गाउँपालिका वडा नं. २ भगदरी स्थित बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखी तलतिर गहु खेतमा नामथर नखुलेको महिलाको लाश उत्तानो अवस्थामा गत ८ गते फेला परेको थियो । प्रहरी अनुसन्धानबाट फेला परेको शव दाङ लमही नगरपालिका वडा नं. ७ उच्चलिम्बु बस्ने ४० वर्षिया संगीता चौधरीको रहेको खुलेको तथा संगीताको हत्या भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा प्रहरीले रूपन्देही तिलोत्तमा नगरपालिका वडा न.१२ का ४२ वर्षिय अमिरीका थारु (अजय थारु)लाई पक्राउ गरेको हो ।

दुबैजना संगसंगै ज्याला मजदुरीको काम गर्ने र कामबाट फर्केर मादक पदार्थ सेवन गरी झै-झगडा गर्ने क्रममा अजयले नजिकै रहेको ढुङ्गाले हानेर संगीताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । शव फेला परेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा स्निफिङ डग सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको जनाउँदै उनले अनुसन्धानकै क्रममा अजय पक्राउ परेको बताए ।

प्रहरीले पक्राउ परेका अजयबाट हत्या अभियोग खुल्ने दशी प्रमाण फेला परेको र सोही प्रमाणका आधारमा अनुसन्धान भइरहेको पनि डीएसपी कार्कीले बताए । प्रहरीले पक्राउ परेका अजयलाई जिल्ला अदालतबाट ८ दिन म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : ५७ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको