२० चैत्र २०८१, बुधबार | April 2, 2025

प्रधानमन्त्री लक्षित महानगर प्रमुख बालेनको स्टाटस : एमाले महासचिव पोखरेलको जवाफ



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरी एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफुलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् । सरकारले लामो समयदेखि काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महानगर प्रमुख बालेनले यस्तो स्टाटस लेखेका हुन् ।

सरकारले प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण बिगत ३ महिना देखि महानगरका कर्मचारीहरुले तलव खान पाएका छैनन् । निम्न आ भएका कर्मचारीहरुले कार्यालय आउने भाडा नभएका कारण पैदल अफिस आएको समेत सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

भोको पेट राखेर भन्दै बालेनले भनेका छन्- प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!’

बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउदै आएका छन् ।

उता बालेनको स्टाटस आए लगत्तै एमाले महासचिव शंकर पोखरेलले स्टाटसको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको महासचिव पोखरेलले लेखेका छन् । उनले किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ (काठमाडौं महानगर) जान मानिरहेका छैनन् ? भन्दै प्रश्न पनि गरेका छन् । उनले कार्यकारी अधिकृत जान नमानेको कुरामा बालेनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न पनि खोजेका छन् ।

साथै उनले सरकारले विशेष व्यवस्था गरेर भएपनि महानगरमा अविलम्व कार्यकारी अधिकृत पठाउनुपर्ने बताउदै कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘काठमाडौँ महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन । कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ११ : २४ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा

प्रेस सेन्टर नेपाल : लोकतान्त्रिक अभ्यास, नयाँ नेतृत्व र आगामी कार्यदिशा

प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन २०८१ चैत्र १६ र १७